Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिवराज नगरपालिका महिला स्वास्थ्यकर्मीमाथि केन्द्रका प्रमुख लेखनाथद्धारा यौन दुर्व्यवहार गरेको आरोप


१५, साउन २०८०
  • 124
    SHARES
  • शिवराज नगरपालिका महिला स्वास्थ्यकर्मीमाथि केन्द्रका प्रमुख लेखनाथद्धारा यौन दुर्व्यवहार गरेको आरोप

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका २ महिला स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। गत शुक्रवार राति शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्रमा प्रमुख लेखनाथ पौडेल र उहाँका साथी सोही नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयले ती दुई महिला स्वास्थ्यकर्मी माथी यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

    रात्री डिउटीमा खटिएका ती महिला कर्मचारीलाई पौडेल र पाण्डेयले मदिरा सेवन गरी शुक्रवार राति १ बजे यौन दुर्व्यवहार गरेको भन्दै महिला कर्मचारीहरुले उजुरी दिएका छन्। पौडेल र पाण्डेयले महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत लगायतका बोल्दै अभद्र ब्यवहार गरेको बताईएको छ। प्रमुख पौडेलबिरुद्ध महिला कर्मचारीहरुले शिवराज नगरपालिकामा लिखित उजुरी दिएको प्रमुख प्रशाकीय अधिकृत राकेश पाण्डेले बताउनु भएको छ । महिला कर्मचारीहरुले दुर्व्यवहार, अपशब्द प्रयोग गरिएको, सुरक्षा र न्यायकालागि पौडेलबिरुद्ध उजुरी दिएको जनाईएको छ । 

    patra shivraj napa.jpg

    अहिले आरोपित पौडेल र पाण्डेय सम्पर्क विहिन रहेका छन्। सो नगरपालिकाका मेयर अजय थापाले सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरका छन्। मेयर थापाले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीहरुलाई तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको बताउनु भएको छ। ‘ महिला माथी हुने कुनै पनि प्रकारका हिंसा साह्य छैन ’ उहाँले भन्नुभयो। घटना पछि पीडीत महिला कर्मचारीहरु मानसिक तनावमा रहेका छन्।

    २ महिला स्वास्थ्य कर्मचारीलाई यौन दुब्र्यवहार गरेको भन्दै कपिलवस्तुको शिवराज स्वास्थ्य आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ पौडेल माथी जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता भएको गरिएको छ । 

    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले आईतवार साँझ पौडल र उनका साथी नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयमाथी जबरजस्तीकरणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिनु भएको छ ।  यौन दुब्र्यवहारको आरोप लागे पछि स्वास्थ्य केन्द्रका प्रमुख पौडेललाई नगरपालिकाले आईतवार नै जिम्मेवारीबाट हटाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend