Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन समीक्षा र अबको बाटोबारे छलफल गर्न कांग्रेसले सहमहामन्त्रीहरुलाई खटायो


१७, चैत २०८२
  • 106
    SHARES
  • निर्वाचन समीक्षा र अबको बाटोबारे छलफल गर्न कांग्रेसले सहमहामन्त्रीहरुलाई खटायो

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन र पार्टीको अबको बाटोबारे समीक्षा गर्न सहमहामन्त्रीहरूलाई प्रदेशहरुमा जिम्मेवारी तोकेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ७ मध्ये ६ प्रदेशमा सहमहामन्त्री खटाइएको जानकारी गराएका हुन् ।

    केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णय अनुसार खटाइएको विज्ञप्तिमा उल्लेख छ ।  ७ वटै प्रदेशमा कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा क्षेत्रगत समीक्षा र अबको बाटोबारे छलफल गर्न सहमहामन्त्रीलाई जिम्मेवारी दिइएको हो । 

    त्यसका लागि पार्टीले मिति र संयोजक पनि तोकेको हो । विज्ञप्ति अनुसार कोशी प्रदेशको विराटनगरमा चैत्र २३ गते सहमहामन्त्री डा डिला संग्रौला पन्तको संयोजकत्वमा, मधेश प्रदेशको जनकपुरमा चैत्र २५ गते सहमहामन्त्री फरमसल्लाह मन्सुरको संयोजकत्वमा कार्यक्रम हुनेछ । 

    यसैगरी बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते सहमहामन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा,  लुम्बिनी प्रदेशको दाङमा चैत्र २९ गते सहमहामन्त्री योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते सहमहामन्त्री कर्णबहादुर बुढाको संयोजकत्वमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा कार्यक्रम गर्ने महामन्त्री पौडेलको विज्ञप्तिमा उल्लेख छ ।

    गण्डकी प्रदेशको पोखरामा भने चैत्र २७ गते प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ । 

    No description available.

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend