Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको संकेत


१८, चैत २०८२
  • 67
    SHARES
  • इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको संकेत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् ।

    ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् ।

    उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा डिल हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन् ।

    इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन् । उनले यदि फेरि द्वन्द्व नचर्किने ग्यारेन्टी भए इरान युद्ध अन्त्यका लागि तयार रहेको बताएका छन् ।

    इजरायल के भन्छ ?

    तर इजरायलको धारणा भने फरक देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालसम्म युद्ध अन्त्य गर्ने कुनै समयसीमा तोकेका छैनन् । हालै उनले ईरानसँगको संघर्ष कहिले टुंगिने भन्ने विषयमा निश्चित ‘डेडलाइन’ दिन नसकिने बताएका थिए ।

    पश्चिम एशियामा सक्रिय अमेरिकी कम्पनीहरूमाथि ईरानले दिएको धम्कीबारे सोध्दा ट्रम्पले त्यसलाई गम्भीर रूपमा नलिएको संकेत दिएका छन् । उनले ईरानी नेतृत्वले त्यस्तो आक्रमण गर्ने सम्भावना न्यून रहेको दाबी गरेका छन् ।

    फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले ईरानमा संयुक्त आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी लगायतका उच्च अधिकारी मारिएका छन् ।

    खामेनेईको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको खबर सार्वजनिक भएको छ । यद्यपि उनी हाल कहाँ छन् भन्नेबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।

    यस घटनाक्रमका कारण खाडी मुलुकहरुमा पनि असुरक्षा बढेको छ । इरानले बदलास्वरुप खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारका क्षेत्रमा इरानले हमला जारी राखेको छ । यस युद्धले इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर असर परेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend