Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, ७ दिने स्पष्टीकरण सोध्ने निर्णय


१८, चैत २०८२
  • 124
    SHARES
  • कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

     समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि छानबिन अघि बढाउँदै सफाइ पेस गर्न निर्देशन दिएको हो।

    बैठकपछि समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको छ। प्राप्त उजुरीहरूलाई समितिले पाँच फरक प्रकृतिका कसुरमा वर्गीकरण गर्दै अविलम्ब टुंगोमा पुर्‍याउने निर्णय गरेको उनले बताए ।

    जसमा स्वतन्त्र (बागी) उम्मेदवार बनेका र तिनका प्रस्तावक तथा समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष रूपमा प्रचारप्रसारमा खटिएका र अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग पुर्‍याएकाहरूलाई कारबाहीको दायरामा ल्याइनेछ।

    यसैगरी, चुनावमा पार्टीको पक्षमा भोट नमागी ‘साइलेन्स किलिङ’ गर्ने र कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि भएर पनि प्रतिनिधिसभा निर्वाचनमा विपक्षीलाई सहयोग गर्नेहरूमाथि पनि समितिले छानबिन थालेको छ।

    यसरी वर्गीकरण गरिएका आरोप लागेका व्यक्तिहरूलाई ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न समितिले निर्देशन दिएको उनको भनाइ छ । 

    यसैगरी, बैठकले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी भ्रम फैलाउनेलाई पनि कारबाहीको चेतावनी समेत दिएको छ। गत चैत १४ गते कसैले आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गरी नक्कली लेटरप्याडमार्फत अनधिकृत वक्तव्य जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले त्यस्तो कार्य गर्नेलाई सचेत गराएको छ।

    आगामी दिनमा यस्तो गलत गतिविधि गर्ने जोकोहीलाई पनि पार्टी विधान र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी कांग्रेसले दिएको छ।

    साथै, निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका घटनामा उजुरी दिन बाँकी रहेको भए चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाइसक्न निर्देशन दिइएको छ। 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend