Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

१५औं महाधिवेशनको तयारीमा कांग्रेस सक्रिय, प्रदीप पौडेलको नेतृत्वमा अभियान तीव्र


२१, चैत २०८२
  • 141
    SHARES
  • १५औं महाधिवेशनको तयारीमा कांग्रेस सक्रिय, प्रदीप पौडेलको नेतृत्वमा अभियान तीव्र

    काठमाडौं l नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ।

    यसअन्तर्गत पार्टीले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग सानेपास्थित केन्द्रीय कार्यालयमा अन्तरसंवाद तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    22383533-971a-4138-a97e-9043ef4afbff.jpg

    कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले प्रतिनिधिहरूलाई जिल्लामा गएर निर्वाह गर्नुपर्ने जिम्मेवारी, सदस्यता वितरण, अद्यावधिक तथा संगठन विस्तारका कार्यहरूबारे स्पष्ट मार्गदर्शन दिएका छन्।

    उनका अनुसार वैशाख महिनाभर देशभर सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन गरिनेछ, जसले पार्टीको संगठनात्मक आधारलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

    cfdc6b39-e171-4103-af42-d89da6bcd34e.jpg

    कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म वडास्तरबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्यतालिका तय गरेको छ। उक्त अभियानपछि १५ जेठसम्म वडाबाट क्षेत्र र जिल्लामा सदस्यता पठाइने तथा २५ जेठसम्म सबै विवरण केन्द्रमा प्रविष्ट गरिसक्ने योजना रहेको छ।

    सहमहामन्त्री डा. डिला संग्रौलाले यस प्रशिक्षण कार्यक्रमले कार्यकर्ताको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरेकी छन्। महाधिवेशन केन्द्रित यस अभियानमा महामन्त्री प्रदीप पौडेलको सक्रिय भूमिका र स्पष्ट नेतृत्वले पार्टीभित्र नयाँ ऊर्जा थपिएको भन्दै उनको समर्थनमा आवाजसमेत बढ्दै गएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend