Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसद्वारा ‘जरा अभियान’ सुरु, १५औं महाधिवेशनको औपचारिक कार्य प्रारम्भ (पूर्ण नामावलीसहित)


२२, चैत २०८२
  • 106
    SHARES
  • नेपाली कांग्रेसद्वारा ‘जरा अभियान’ सुरु, १५औं महाधिवेशनको औपचारिक कार्य प्रारम्भ (पूर्ण नामावलीसहित)

    काठमाडौं l नेपाली कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ, सशक्त र चलायमान बनाउने उद्देश्यसहित ‘एक महिने जरा अभियान’ सुरु गर्दै १५औं महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ ।

    ललितपुरस्थित बी.पी. स्मृति भवनमा आज आयोजित केन्द्रीय प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममार्फत अभियानको औपचारिक सुरुवात गरिएको हो।

    देशभरका ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई सो कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा पार्टीका महामन्त्री प्रदीप पौडेलले अभियानको उद्देश्यबारे प्रकाश पार्दै संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन तथा जनसम्पर्क विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।

    त्यसैगरी, युवा नेता प्रताप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान, प्रतिनिधिहरूको कार्यविधि तथा प्राविधिक पक्षबारे विस्तृत अभिमुखीकरण गराए ।

    नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ‘जरा अभियान’ सञ्चालन गर्ने जनाएको छ । अभियानअन्तर्गत: क्रियाशील सदस्यता अद्यावधिक पार्टीको सांगठनिक अवस्थाको विश्लेषण जनता, युवा तथा शुभेच्छुकहरूसँग अन्तर्क्रिया निर्वाचनको समीक्षा सामाजिक तथा सिर्जनात्मक अभियान सञ्चालन स्थानीय सरकार सञ्चालन तथा आगामी बजेट निर्माणमा सहजीकरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

    पार्टीका अनुसार, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइसकिएको छ भने जिल्ला मार्फत देशभरका ६,७४३ वटै वडासम्म प्रतिनिधि परिचालन गरिनेछ। वैशाख महिनाभित्र प्रत्येक तहका सदस्यले आफ्नो सम्बन्धित वडामा उपस्थित भई सदस्यता अद्यावधिक गर्नुपर्नेछ। यसरी अद्यावधिक भएका सदस्यहरूले मात्र ‘कांग्रेस आइडी (Congress ID)’ प्राप्त गर्ने र १५औं महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको नामावली

    कोशी प्रदेश ताप्लेजुङ: वावुराम कोइराला (वासु) – मोरङ पाँचथर: तुलसी सुब्बा – तेह्रथुम इलाम: अग्नीप्रसाद पौडेल – धनकुटा, मेदिनीप्रसाद सिटौला – झापा संखुवासभा: मंगल म्यान्याङ्बो – ताप्लेजुङ तेह्रथुम: सुरेशकुमार योङ्ग्या – झापा धनकुटा: शारदादेवी कोइराला – तेह्रथुम खोटाङ: सूर्यराज राई – मोरङ ओखलढुंगा: बाला अधिकारी – ओखलढुंगा सोलुखुम्बु: उमा शिवाकोटी – झापा ओखलढुंगा: दिलकुमारी राई – सुनसरी उदयपुर: हिमालय कर्माचार्य – इलाम, नवराज त्रिपाठी – बारा झापा: वसन्त भट्टराई – मोरङ, रुद्रबहादुर कन्दङ्वा – तेह्रथुम मोरङ: सुधीरकुमार शिवाकोटी – झापा, नगेन्द्र कुमार कुमाल – इलाम सुनसरी: अमृत कुमार अर्याल – मोरङ, यद् विष्ट – मोरङ मधेश प्रदेश सप्तरी: मनोजमणि आचार्य – रोल्पा, राकेश सिंह – पर्सा सिरहा: रामरुप प्रसाद कुर्मी – पर्सा, दिपक अधिकारी – सर्लाही धनुषा: केशव निरौला – मोरङ, तपेन खड्का – अछाम महोत्तरी: निलम शाह – धनुषा, अजयकुमार द्विवेदी – पर्सा सर्लाही: नवोदिता चौधरी – सुनसरी, वलदेव तिमिल्सीना – सिन्धुपाल्चोक रौतहट: प्रतिमा गौतम – काठमाडौं, ई. सकलदेव सुतिहार – सप्तरी बारा: मथुराप्रसाद घिमिरे – ललितपुर, विनिता खड्का – रामेछाप पर्सा: अञ्जु झा – रौतहट, प्रफुल्लकुमार घिमिरे – धनुषा बागमती प्रदेश दोलखा: शिव सुनार – सिन्धुपाल्चोक रामेछाप: किरण गिरी – काठमाडौं सिन्धुली: उमा दाहाल – मकवानपुर, रत्न कार्की – रामेछाप काभ्रेपलाञ्चोक: गीता सत्याल – ललितपुर, अर्जुनकुमार उप्रेती – धादिङ सिन्धुपाल्चोक: धर्मराज गौतम – काठमाडौं, डा. सुरजराज काफ्ले – काठमाडौं रसुवा: सिता मिजार – नुवाकोट नुवाकोट: अष्टकुमार कवे – भक्तपुर, ई. लक्ष्मण के.सी. – काठमाडौं धादिङ: डा. केदारनरसिंह के.सी. – नुवाकोट, सविन तामाङ – काठमाडौं चितवन: विष्णुदेवी पाण्डे – नवलपुर, ई. दिपकबाबु कण्डेल – गोरखा मकवानपुर: गंगा सुनार – काठमाडौं, श्रीराम लामिछाने – काठमाडौं भक्तपुर: डा. अमिता प्रधान – काठमाडौं, बाबुराजा चित्रकार – ललितपुर ललितपुर: राजेन्द्रकुमार के.सी. – काठमाडौं, मनकुमारी गुरुङ – गोरखा काठमाडौं: चिनकाजी श्रेष्ठ – गोरखा, सार्कीमान वल – काभ्रेपलाञ्चोक गण्डकी प्रदेश गोरखा: मुना भुसाल – पर्वत, विष्णुबहादुर क्षेत्री – कास्की लम्जुङ: प्रकाश पन्थ – तनहुँ तनहुँ: रामचन्द्र त्रिपाठी – कास्की कास्की: गणेश सापकोटा – नवलपुर, रेशमबहादुर वानियाँ – म्याग्दी, विष्णु पौडेल – स्याङ्जा मनाङ: तुलसीनारायण श्रेष्ठ – लम्जुङ मुस्ताङ: डा. कृष्ण गौतम – तनहुँ पर्वत: जगदीशचन्द्र उपाध्याय – बाग्लुङ स्याङ्जा: सनम वेगम – पर्वत, डा. कृष्णप्रसाद पौडेल – कास्की म्याग्दी: लक्ष्मी आचार्य – तनहुँ बाग्लुङ: कृष्णबहादुर के.सी. – कास्की, मनोहर पराजुली – नवलपुर नवलपुर: जीतनारायण श्रेष्ठ – चितवन, सुशिल भट्ट – काठमाडौं लुम्बिनी प्रदेश नवलपरासी: रामबहादुर कार्की – रुपन्देही, रमेश खनाल – रुपन्देही रुपन्देही: राजेन्द्र गोपाल सिंह – पाल्पा, निमा गिरी – प्यूठान कपिलवस्तु: कमलप्रसाद भुसाल – अर्घाखाँची, कमलकिशोर घिमिरे – दाङ पाल्पा: निर्मला क्षेत्री – अर्घाखाँची, हरिप्रसाद न्यौपाने – रुपन्देही अर्घाखाँची: छन्दबहादुर पहराई मगर – गुल्मी गुल्मी: राधेश्याम पाठक – नवलपरासी, कृष्ण गिरी – कपिलवस्तु रुकुम (पूर्व): लेखनाथ पोखरेल – अर्घाखाँची रोल्पा: अमरप्रसाद भण्डारी – प्यूठान प्यूठान: दिनेश सुनार – गोरखा दाङ: पवित्राकुमारी अर्याल – बर्दिया, शंकर तिवारी – नवलपुर बाँके: केशवराज शर्मा आचार्य – दाङ बर्दिया: मोतीलाल भण्डारी – गुल्मी, प्रदीपराज शर्मा – दाङ, प्रेम भण्डारी – गुल्मी कर्णाली प्रदेश रुकुम (पश्चिम): महेन्द्र शाह – जाजरकोट सल्यान: तीर्थजंग शाही – सुर्खेत डोल्पा: जानकी सिंह – सुर्खेत जुम्ला: छायाँ सुनार – कालिकोट मुगु: रामदेवी खड्का – जुम्ला हुम्ला: कमलराज रेग्मी – सुर्खेत कालिकोट: सूर्यबहादुर वि.क. – दैलेख जाजरकोट: गोपालजीजंग शाह – रुकुम पश्चिम दैलेख: दिपकजंग शाह – जाजरकोट, खड्ग डाँगी – रुकुम पश्चिम सुर्खेत: नारायणप्रसाद भट्टराई – कालिकोट सुदूरपश्चिम प्रदेश बाजुरा: टिकाराम खनाल – अछाम बझाङ: गोविन्दराज बोहरा – कञ्चनपुर डोटी: निपा चोख्याल – कैलाली अछाम: हिमबहादुर रावल – कैलाली, लेखराज जोशी – कञ्चनपुर दार्चुला: गोविन्दराज जोशी – कञ्चनपुर बैतडी: सन्तोषी साउँद ऐरी – कञ्चनपुर डडेल्धुरा: गणेश भट्ट – दार्चुला कञ्चनपुर: नरेन्द्रप्रसाद भट्ट – बैतडी, पदमराज पन्त – दार्चुला कैलाली: जगतप्रसाद जोशी – बझाङ, युवराज पाण्डेय – स्याङ्जा अन्त्यमा, का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले अभियान सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेका छन् ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend