Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा राजस्थान र दिल्ली विजयी


२२, चैत २०८२
  • 80
    SHARES
  • आईपीएल क्रिकेटमा राजस्थान र दिल्ली विजयी

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा राजस्थान ६ रनले विजयी भएको हो । 

    राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाए । 

    लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहँदै सातौं स्थानमा छ । 

    यसअघि भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

    टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । लगातार दोस्रो जितसँगै ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend