Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उद्यमीबाट सभामुख : यस्ताे छ अर्यालकाे राजनीतिक यात्रा


२२, चैत २०८२
  • 84
    SHARES
  • उद्यमीबाट सभामुख : यस्ताे छ अर्यालकाे राजनीतिक यात्रा

    काठमाण्डाै – धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते  जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको १०औँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा उहाँ काठमाण्डाै क्षेत्र नम्बर ९ बाट निर्वाचित हुनुभएको थियो । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

    नवनिर्वाचित सभामुख अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको थियो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ ।

    व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष हुनुहुन्छ ।

    संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उहाँले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा प्रक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गर्नुभएको थियो ।

    प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

    प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना सांसद हुनुहुन्छ । संसद्का प्रमुख अर्याललाई कानून निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।

    विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाव र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने नागरिकबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend