Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

१५ औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ : दीलेन्द्रप्रसाद बडू


२३, चैत २०८२
  • 79
    SHARES
  • १५ औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ : दीलेन्द्रप्रसाद बडू

    काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीमा एकता र रूपान्तरणका लागि १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् ।

    शुक्रबार सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै बडूले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने पक्षमा पहल गर्न आग्रह गरेका छन् । 

    बडूले १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल सकिएपछि २०८२ मङ्सिर भित्र १५औँ नियमित महाधिवेशन हुनुपर्ने भए पनि तत्कालीन नेतृत्वको असहमतिबिच विशेष महाधिवेशन गरिएको बताएका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेको बडूले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आफू लगायत अन्य नेताहरूले रुख चिन्ह र चार तारे झन्डा सहित सक्रिय सहभागिता जनाएको उनको भनाइ छ ।

    यद्यपि, सङ्गठन भित्रका केही कमजोरी र मतदाताको परिवर्तनको चाहना अनुरूप निर्वाचन परिणाम नआएको तितो सत्यलाई स्वीकार गर्दै सभापतिले नैतिक जिम्मेवारी स्वीकार गरिसकेको उनको भनाइ छ । 

    बडूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले निर्वाचनको कारण वा विशेष महाधिवेशन हुँदा नहुँदाको अवस्थाको काल्पनिक व्याख्यामा अलमलिएर समय खेर नफाल्न आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिलाई बचाउन र नयाँ पुस्तालाई लोकतन्त्रको मार्गमा हिँडाउन कांग्रेस थप बलियो, जिम्मेवार र एकताबद्ध हुनुपर्ने लेखेका छन् । बडूले पार्टी एकताप्रति इमानदार सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई १५औँ नियमित महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्म सुम्पने कार्यमा जुट्न अनुरोध पनि गरेका छन्।

    662438261_2393814897805531_4604668755099508435_n

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend