Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’


२३, चैत २०८२
  • 100
    SHARES
  • फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

    काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् । सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक तथ्य लुकाएर आफूहरूलाई झुक्याइएको दाबी गरेका हुन् ।

    सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्रका संरचना हटाउने अभियान चलिरहेका बेला गृहमन्त्री आफैँले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको खुलेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । गुरुङले जग्गाधनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर ‘लिज’ मा दिएको भन्दै अब कानुनी उपचार खोज्ने बताएका छन् ।

    आजभन्दा करिब ८–१० वर्षअघि गुरुङसहित तीन युवा उद्यमी मिलेर फेवाताल किनारमा ‘एडभेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए । “देशमै केही गरौँ भन्ने हुटहुटीका साथ ठूलो लगानी र सपना बोकेर काम सुरु गरेका थियौँ,” मन्त्री गुरुङको सचिवालयले भनेको छ, “जग्गा भाडामा लिनुपूर्व जग्गाधनीले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए, लालपुर्जामा पनि जग्गा सुरक्षित देखाइएको थियो ।”

    पछि नगरपालिकाबाट बुझ्दा उक्त जग्गा मापदण्डभित्रै पर्ने थाहा पाएपछि आफूले नैतिकताका आधारमा निर्माण कार्य र लगानी रोकेको उनले उल्लेख गरेका छन् । “हामीलाई झुक्याएर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउनेबित्तिकै मैले काम रोकिदिएको थिएँ,” उनले थपे, “एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि खेलबाड भयो, यो स्वीकार्य छैन ।”

    मन्त्री गुरुङले आफूमाथि भएको अन्याय र ठगीविरुद्ध कडा कानुनी प्रक्रियामा जाने समेत स्पष्ट पारेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको नाममा फेवातालमा जग्गा रहेको भन्दै आलोचना भएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend