Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानद्वारा ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार


२४, चैत २०८२
  • 116
    SHARES
  • इरानद्वारा ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार

    काठमाण्डौ - इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ ।

    इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई हिजो ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए । प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो ।

    युद्धविरामले आफूविरुद्ध युद्धको तयारी गर्न सघाउने इरानको आशंका छ । अमेरिकाले पनि यस युद्धविरामको प्रस्तावमा स्वीकृति नदिएको अमेरिकी समाचारसंस्था सीएनएनले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफमार्फत यो प्रस्ताव पठाइएको थियो । 

    यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ । केही समयअघि इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी सुनिश्चित भएपछि मात्रै युद्ध रोक्न सकिने बताएको थियो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बिहानसम्म हर्मुज जलमार्ग खोल्न सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनी दिनुभएको छ । यसलाई पनि इरानले अस्वीकार गरेको छ । 

    यसअघि हिजो पाकिस्तानको नेतृत्वमा इजिप्ट र टर्किएका मध्यस्थकर्ताहरू रहेको टोलीले बनाएको युद्धविरामको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ । ट्रम्पले युद्धविरामको प्रस्तावमाथि अध्ययन गरिरहेको बताउनुभएको छ ।  

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend