Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संविधान संशोधन कार्यदलमा सहभागिताअघि स्पष्टता माग्दै कांग्रेस


२५, चैत २०८२
  • 133
    SHARES
  • संविधान संशोधन कार्यदलमा सहभागिताअघि स्पष्टता माग्दै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा सरकारसँग स्पष्ट र विस्तृत धारणा माग गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाइएको पत्रमा कांग्रेसले कार्यदलको विधि, कार्यक्षेत्र र उद्देश्यबारे प्रस्ट आधार सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ ।

    मन्त्रिपरिषद्को २०८२ चैत १६ को निर्णयअनुसार गठन हुन लागेको कार्यदलमा प्रतिनिधि मनोनयन गर्न आग्रह गरिएको भए पनि त्यससँग सम्बन्धित आधारभूत पक्षहरू अस्पष्ट रहेको कांग्रेसको भनाइ छ ।

    संविधान संशोधनको पहललाई सकारात्मक रूपमा स्वागत गर्दै पार्टीले यसअघि व्यापक राष्ट्रिय सहमति अपरिहार्य हुने धारणा दोहोर्याएको छ । २०७२ सालमा जारी संविधानलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै समयअनुकूल परिमार्जन लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको कांग्रेसले जनाएको छ ।

    साथै लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुदलीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, समावेशिता र मानवअधिकारजस्ता मूल्यमान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पारिएको छ ।

    कांग्रेसले कार्यदलको म्यान्डेट, समावेशी सहभागिता, संसदबाहिरका दलहरूसँगको समन्वय र सरकारको प्रतिबद्धतासहित चार मुख्य विषयमा स्पष्टता आवश्यक रहेको औंल्याएको छ ।

    साथै प्रदेश र स्थानीय तहको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संशोधन प्रक्रिया सहभागितामूलक र बहुपक्षीय हुनुपर्ने बताएको छ । प्रारम्भिक धारणा सार्वजनिक भएपछि मात्रै कार्यदलमा सहभागिता अर्थपूर्ण हुने जनाउँदै कांग्रेसले सरकारको प्रयासमा सहयोग रहने प्रतिबद्धता कार्यबाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    02b76a96-839f-4cbb-98ce-73501aeced9b.jpg

    03d5d604-d16e-46e2-a9a0-bb30f7af3a7c.jpgea542e7d-5202-42d7-9043-f4e5e7fbb848.jpg

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend