Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता : राष्ट्रपति


२७, चैत २०८२
  • 132
    SHARES
  • भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता : राष्ट्रपति

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले आमनागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । 

    सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उहाँले नागरिकले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकाङ्क्षा राखेका बताउनुभएको हो ।

    राष्ट्रपति पौडेलले सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै चुनाव सम्पन्न हुनु सकारात्मक कदम भएको बताउनुभयो ।

    भ्रष्टाचारको अन्त्य, विधिको शासन र दण्डहीनताको अन्त्यका लागि संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभयो । आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको भन्दै उहाँले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो ।

    श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिबद्ध रहने उहाँको विश्वास छ ।

    संसद्को चुनावपछि संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्थाअन्तर्गत राष्ट्रपति पाैडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको चालू अधिवेशन आजै राति १२ बजेदेखि सकिँदैछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend