Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संसद्‌मा ज्ञानेन्द्र शाहीको आक्रोश– नयाँ र पुरानाका नाभि एउटै रहेछ


२७, चैत २०८२
  • 129
    SHARES
  • संसद्‌मा ज्ञानेन्द्र शाहीको आक्रोश– नयाँ र पुरानाका नाभि एउटै रहेछ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपसभामुख पदमा आफ्नो पार्टीको उमेदवारीले राजनीतिमा कित्ता ‘क्लियर’ भएको बताएका छन् ।

    शुक्रबार (चैत २७) प्रतिनिधिसभा बैठकमा उनले ‘उपसभामुखमा सरस्वती लामालाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै पुराना दल र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा उभिएको आरोप लगाए ।

    बिहीबार (चैत २६) बिहान उपसभामुखको साझा उमेदवार चयनसम्बन्धी छलफलमा अरू विपक्षी दलले राप्रपालाई ‘बाइपास’ गरेको उनले बताए । रास्वपाका सभापति रवि लामिछानेबाटै आश्वासन पाएपछि राप्रपाले उपसभामुखमा उमेदवारी दिएको उनले उल्लेख गरे । तर, पछि रास्वपाले धोका दिएको भन्दै उनले आक्रोश पोखे । 

    “हाम्रो उमेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलका साइनबोर्ड फरक–फरक भए पनि उनीहरूबीचको नीतिगत सिद्धान्त र विचारको नाभि एउटै ठाउँमा जोडिएको प्रस्ट भएको छ,” उनले भने । 

    उनले संसद्को संख्या सत्ता टिकाइराख्न मात्र काम लाग्ने बताए । “संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्छ,” उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend