काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्त र साथीभाइलाई नियुक्ति दिनतिर नलाग्न निर्देशन दिएका छन् ।
शुक्रबार (चैत २७) सिंहदबारस्थित रास्वपा संसदीय दलको बैठकमा उनले मन्त्री र सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
आफ्नी श्रीमतीलाई नियुक्ति दिलाएको भन्दै बिहीबार (चैत २६) लामिछानेकै सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गरेका थिए ।