Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संविधान छेडखानी भए सशक्त प्रतिवाद गर्ने प्रचण्डको चेतावनी


२८, चैत २०८२
  • 118
    SHARES
  • संविधान छेडखानी भए सशक्त प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

    काठमाडौं l नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि कुनै पनि प्रकारको हस्तक्षेप वा छेडखानी हुन थाले सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।

    पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको मर्म, जनताको अधिकार र राष्ट्रिय हितको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

    संविधानभित्र रहेर सरकारले गर्ने सकारात्मक काममा भने आफ्नो पार्टी रचनात्मक ढंगले सहयोगी बन्ने उनको भनाइ थियो। “यदि वर्तमान सरकारले संविधानको दायराभित्र रहेर जनताको हितमा काम गर्छ भने हामी त्यसलाई समर्थन गर्छौं,” प्रचण्डले भने, “तर संविधानमाथि छेडखानी भयो, राष्ट्रिय हितमा आँच आयो वा जनअधिकार खोसिने गतिविधि भए भने हामी सदन र सडक दुवैबाट कडा प्रतिवाद गर्छौं।”

    उनले लोकतन्त्रको मूल आधार संविधान भएकाले यसको संरक्षण सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको उल्लेख गरे। साथै, जनताले प्राप्त गरेका उपलब्धिहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

    प्रचण्डको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिदृश्यमा संविधान र लोकतान्त्रिक मूल्यप्रति चासो र सतर्कताको सन्देशका रूपमा हेरिएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend