Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा घरेलु उद्योगको अनुगमन: बजेट, जनशक्ति र बजार चुनौतीबारे गम्भीर छलफल


२९, चैत २०८२
  • 203
    SHARES
  • अर्घाखाँचीमा घरेलु उद्योगको अनुगमन: बजेट, जनशक्ति र बजार चुनौतीबारे गम्भीर छलफल

    अर्घाखाँची l लुम्बिनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिले अर्घाखाँचीस्थित घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन गर्दै सेवा प्रवाह, योजना कार्यान्वयन र उद्योग प्रवर्द्धनका अवस्थाबारे गम्भीर समीक्षा गरेको छ।

    प्रदेश सभा सदस्य तथा समितिका संयोजक राजुप्रसाद श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालयका गतिविधि, बजेट कार्यान्वयन, योजना प्रभावकारिता तथा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी लिएको थियो।

    कार्यालय प्रमुख दुर्गा न्यौपानेले आर्थिक वर्ष २०८२/८३ का योजनाहरूको प्रगति प्रस्तुत गर्दै बजेट कटौती, जनशक्ति अभाव, सवारी साधनको कमी तथा कार्यान्वयनका क्रममा देखिएका समस्याहरू औंल्याउनुभयो।

    साथै, उद्यमशीलता विकास, सीपमूलक तालिम, उद्योग दर्ता र प्रवर्द्धनका क्षेत्रमा भएका कामहरूको विवरण पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय स्तरमा घरेलु उद्योग प्रवर्द्धनमा स्रोत-साधन अभाव, बजार पहुँचको कठिनाइ तथा उद्योगमैत्री वातावरण अभाव जस्ता समस्याहरू प्रमुख रूपमा उठाइएका थिए।

    संयोजक श्रेष्ठले स्थानीय उद्यम सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै परिणाममुखी कार्यक्रम सञ्चालनमा जोड दिनुभयो। उहाँले तालिमको प्रभाव, रोजगारी सिर्जना र योजनाको वास्तविक उपलब्धिबारे विस्तृत प्रतिवेदन समितिमा पठाउन निर्देशन दिनुभयो।

    प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले दर्ता भएका उद्योगहरू बन्द हुने क्रम बढ्नुका कारण खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो भने सदस्य हेमा बेलबासे केसीले तालिममा दोहोरिने सहभागीको गुनासो समाधान गर्न र परिणाम देखिने गरी काम गर्न सुझाव दिनुभयो।

    अनुगमन टोलीमा प्रदेश सभा सदस्यहरू भगवती कुमारी थरुनी, रेवती गुरुङ, तुलसी शर्मा, समितिकी सचिव कमला पौडेल पोखरेल तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    समितिले सन्धिखर्कस्थित सेरामिक्स उद्योग र सहुलियत ऋणमार्फत सञ्चालनमा रहेको गार्मेन्ट उद्योगको समेत स्थलगत अनुगमन गरेको जनाएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend