Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर पारेको भन्दै सरकारको ध्यानाकर्षण


१, वैशाख २०८३
  • 102
    SHARES
  • इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर पारेको भन्दै सरकारको ध्यानाकर्षण

    अर्घाखाँची । अर्घाखाँचीका निर्माण व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर पारेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    व्यवसायीहरूले डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य बढेसँगै निर्माण सामग्री ढुवानी खर्च अत्यधिक बढेकोले योजनाहरुको काम गर्न समस्या भएको भन्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

    विशेषगरी सडक, पुल, भवन जस्ता पूर्वाधार निर्माणमा प्रयोग हुने कच्चापदार्थ र उपकरणहरू इन्धनमा निर्भर हुने भएकाले चालु अवस्थामा रहेका बिकास निर्माणका योजनाहरुको काम प्रभाबित हुने अवस्था आएको निर्माण ब्यबसायीसंघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले जानकारी दिनुभयो ।

    व्यवसायीहरूले हालको मूल्यवृद्धिले पुराना ठेक्काको संझौता अनुसार काम गर्न गाह्रो भएका बताउदै सडक पिचं गर्नेकाममा प्रयोग गर्ने अलकत्र भारतमा समेत नपाएकोले सानाठुला गरि अर्घाखाँचीका झन्डै एकदर्जन आयोजनाको काम बन्द गनुपर्ने अवस्था सृजना भएको संघका सहअध्यक्ष कबिराम खनालले बताउनु भयो ।

    उहाँले राज्यले निर्माण व्यावसायीहरुलाई यहि असार मसान्तभित्रै काम सक्नुपर्छ भनेर दबाब दिन नहुने र समय थप गर्नुपर्ने बताउनु भयो ।

    सरकारले समयभित्रै व्यवसायी र राज्यको हितमा मूल्य समायोजन नगर्ने हो भने देशभरका खर्बौं मूल्यका योजना र ठेक्काहरु लथालिङ्ग हुन सक्नेतर्फ व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराएको निर्माण ब्यबसायि सघका महासचिव केसब रिजालको भनाई छ ।

    ज्ञापनपत्र बुझाउन पुगेका ब्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदिले निर्माणका काम नरोक्न आग्रह गर्दै ब्यवसायीको मागका बारेमा सरकारलाई जानकारी गराउने प्रतिबद्धता ब्यतm गनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend