Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’


१, वैशाख २०८३
  • 113
    SHARES
  • प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

    काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको शुभारम्भको अवसरमा सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्।

    प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै संसारका सबै प्राणीको सुख र निरोगिताको प्रार्थना गरेका छन् । उनले भनेका छन्, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् । सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् ।”

    नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव थप प्रगाढ बनाउने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । उनले आफ्नो सन्देशमार्फत समृद्ध नेपाल निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका हुन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend