Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय नम्बर प्लेटमा कडाइ: मधेश-तराईमा आर्थिक बोझ, ‘बेटी-रोटी’ सम्बन्ध कमजोर पार्ने षड्यन्त्र-पूर्वमन्त्री यादव


२, वैशाख २०८३
  • 217
    SHARES
  • भारतीय नम्बर प्लेटमा कडाइ: मधेश-तराईमा आर्थिक बोझ, ‘बेटी-रोटी’ सम्बन्ध कमजोर पार्ने षड्यन्त्र-पूर्वमन्त्री यादव

    रौतहट l मधेश-तराई तथा भारतीय सीमासँग जोडिएका क्षेत्रका बासिन्दामाथि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोगमा गरिएको कडाइले आर्थिक बोझ बढाएको भन्दै आलोचना चुलिएको छ ।

    सीमावर्ती क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीले आर्थिक कारणले आफन्तका नाममा भारतीय नम्बर प्लेटका सवारी खरिद गरी प्रयोग गर्दै आएको यथार्थ रहेको बताइन्छ ।

    सरकारले पछिल्लो समय यस्तो अभ्यासमा रोक लगाउन थालेपछि स्थानीय जनजीवनमा त्रास र असहजता बढेको गुनासो उठेको छ । सीमावर्ती क्षेत्रको सामाजिक, आर्थिक तथा पारिवारिक संरचनासँग गाँसिएको यो अभ्यासलाई एकाएक नियन्त्रण गर्दा दैनिक जीवनयापनमै असर परेको स्थानीयहरूको भनाइ छ ।

    नेपाल-भारत सम्बन्ध केवल भौगोलिक नजिकियतामा सीमित नभई ऐतिहासिक, सांस्कृतिक र पारिवारिक रूपमा समेत गहिरो रहेको सन्दर्भमा यस्तो निर्णयले दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    त्रेतायुगदेखि स्थापित “बेटी-रोटी” सम्बन्ध आजसम्म कायम रहँदै आएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने खालका कदमप्रति प्रश्न उठाइएको छ ।

    यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वराज्यमन्त्री योगेन्द्र यादवले सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन् ।

    उनले भारतीय नम्बर प्लेटका सवारी साधनमाथि लगाइएको रोक तत्काल खारेज गर्न माग गर्दै यसले मधेश–तराईका जनताको दैनिकीमा प्रत्यक्ष असर पार्ने बताएका छन्।

    नेता यादवका अनुसार यस्तो नीति सीमावर्ती जनताको जीवन झन् कठिन बनाउने मात्र नभई नेपाल-भारतबीचको परम्परागत सम्बन्धलाई कमजोर पार्ने षड्यन्त्रको संकेत हो ।

    उनले सरकारलाई स्थानीय यथार्थ बुझेर व्यवहारिक र समन्वयात्मक नीति अवलम्बन गर्न आग्रह गर्दै सीमावर्ती नागरिकको सहज आवतजावत र जीवनयापनमा अवरोध नपुर्याउने निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend