Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण


२, वैशाख २०८३
  • 138
    SHARES
  • कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको ठहर छ । 

    खड्काले २०८२ चैत १४ गते समेत यस्तै प्रकृतिको अनाधिकृत वक्तव्य जारी गरेका थिए । उक्त समयमा अनुशासन समितिले २०८२ चैत १८ गते निर्णय गर्दै उनलाई 'एक पटकका लागि सचेत गराउने' निर्णय गरेको थियो ।

    तर, समितिले सचेत गराउँदा गराउँदै पनि खड्काले पुनः २०८२ चैत ३० गते नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ । यो कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन भएको समितिले जनाएको छ । खड्कालाई ७ दिनभित्र यस विषयमा चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

    यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा परेका उजुरीहरूको बारेमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका क्रममा पार्टीका सदस्यहरूबाट अनुशासन उल्लंघन भएको भए सो को उजुरी दिने म्याद थप गरिएको छ ।
    यसअघि २०८२ चैत मसान्तसम्म उजुरी दिन सकिने व्यवस्था गरिएकोमा अब त्यसलाई बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याइएको छ । समितिले वैशाख मसान्तपश्चात प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही प्रक्रिया अगाडि नबढाइने प्रष्ट पारेको छ ।

    कांग्रेसभित्र निर्वाचनको समयमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमानी अराजक गतिविधि गर्नेहरूमाथि छानबिन गर्न अनुशासन समितिले सक्रियता बढाएको देखिएको छ ।

    Baishakh 02, Dicipilinary Committee Meeting स्पष्टिकरण

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend