Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संसदीय समिति : १० विषयगत संसदीय समितिका सभापति निर्विरोध


३, वैशाख २०८३
  • 78
    SHARES
  • संसदीय समिति : १० विषयगत संसदीय समितिका सभापति निर्विरोध

    काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध भएका छन् । समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् ।

    समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । त्यो समयमा ११ समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन् ।

    प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते (भोलि)का लागि तोकेका थिए ।

    सबै समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले भोलि बस्ने समितिका बैठकले निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी हुने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सहज बहुमत छ । उसका १८२ सांसद छन् र सबै समितिमा उसका बहुमत सांसद् छन् ।

    रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधि सभाका ९ र संयुक्त २ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने र सार्वजनिक लेखका समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।

    रास्वपाबाट निर्विरोध भएका समिति सभापतिहरू

    कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा निर्विरोध भएकी समीक्षा बाँस्कोटालाई उम्मेदवार बनायो । समानुपातिक प्रणालीबाट सांसद भएकी उनी विवेकशील साझाबाट प्रतिनिधि सभा निर्वाचनको केही समय अगाडिमात्रै रास्वपामा प्रवेश गरेकी थिइन् ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्विरोध भएका अशोककुमार चौधरी सुनसरी–३ बाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्यचौधरी २०७९ सालमा समानुपातिक सांसद थिए ।

    पूर्वाधार विकास समिति सभापतिमा निर्विरोध भएका आशिष गजुरेल सिन्धुली–२ बाट निर्वाचित सांसद हुन् । उनी पूर्वाधारविद्समेत हुन् ।

    महिला तथा सामाजिक मामिला समितिको सभापतिमा निर्विरोध भएकी आकृति अवस्थी डडेलधुरा अमरगढीकी हुन् । जेनजी आन्दोलनका घाइते मुकेशकी दिदी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

    राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध भएका हरि ढकाल चितवन–१ बाट सांसदमा निर्वाचित भएका थिए । संसदीय सुनुवाइ विशेष समितिमा निर्विरोध भएका बोधनारायण श्रेष्ठ धादिङ–२ बाट निर्वाचित सांसद हुन् । यो संयुक्त समिति हो ।

    उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निर्विरोध भएका रहबर अन्सारी बारा–४ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा निर्विरोध भएकी सुम्निमा उदास पनि समानुपातिकतर्फबाट सांसद छानिएकी थिइन् ।

    अर्थ समिति सभापतिमा निर्विरोध भएका कृष्णहरि बुढाथोकी रामेछापबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

    कांग्रेसका खड्का सार्वजनिक लेखा समितिमा निर्विरोध

    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भरतबहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनलाई रास्वपाले सहयोग गर्ने निर्णय गरेको थियो।  

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend