Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस एकताका लागि सभापति थापाको सक्रियता: वरिष्ठ नेतासँग संवाद अघि बढाउँदै


७, वैशाख २०८३
  • 100
    SHARES
  • कांग्रेस एकताका लागि सभापति थापाको सक्रियता: वरिष्ठ नेतासँग संवाद अघि बढाउँदै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र वृहत्तर एकता कायम गर्ने अभियानलाई तीव्रता दिएका छन्।

    सोही क्रममा उनले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्दै संगठनभित्रको समन्वय र सहकार्यलाई मजबुत बनाउने प्रयास गरेका छन् ।

    थापा खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए । भेटपछि सभापति थापाले पार्टीभित्र देखिएका असमझदारी अन्त्य गर्दै साझा लक्ष्यतर्फ अघि बढ्न आफूले वरिष्ठ नेताहरूसँग निरन्तर संवाद गरिरहेको बताए ।

    “पार्टीलाई एकताबद्ध बनाउँदै सशक्त बनाउनु अहिलेको आवश्यकता हो,” उनले उल्लेख गरे । उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति र सर्वोच्च अदालतको निर्णयले कांग्रेसलाई थप मजबुत र एकजुट बनाउने अवसर प्रदान गरेको छ ।

    थापाले संगठन सुदृढीकरण, नेतृत्वबीच सहकार्य र कार्यकर्तामा उत्साह जगाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको स्पष्ट पारे । त्यसैगरी, उनले पन्ध्रौँ महाधिवेशनलाई पार्टी रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend