Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसलाई अब चिन्ता होइन, चिन्तन आवश्यक छ : गगन थापा


७, वैशाख २०८३
  • 84
    SHARES
  • कांग्रेसलाई अब चिन्ता होइन, चिन्तन आवश्यक छ : गगन थापा

    मकवानपुर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनको नतिजापछि पार्टीभित्र हारको चिन्ता भन्दा पनि भविष्यको चिन्तन आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनको नतिजाले कांग्रेसलाई नयाँ अवसर र चुनौती दिएको बताए ।

    कांग्रेस केन्द्रीय समितिको आयोजना तथा बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा सोमबार हेटौँडामा आयोजित निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै सभापति थापाले समीक्षाको अर्थ गल्ती खोज्नु मात्र नभई आगामी यात्रा तय गर्नु रहेको बताए । 

    उनका अनुसार कांग्रेस देश सम्हाल्ने पार्टी भएकाले हार र जितको नतिजाबाट बिचलिन हुँदैन । कांग्रेस प्राप्त नतिजाको गहन समीक्षा सहित आगामी कार्यदिशामा अग्रसर भएको उनको भनाई छ ।

    कहिलेकाहीँ देश जित्नका लागि पार्टीले हार व्यहोर्नुपर्ने स्थिति आउने उनले बताए । निर्वाचनमा हार–जित प्राविधिक विषय भएकाले देशको लोकतन्त्र र ट्र्याक सही ल्याउन गत फागुनको निर्वाचनको पक्षमा कांग्रेस रहेको उनले बताए ।

    उक्त निर्वाचनमा कांग्रेस हारे पनि देशले जितेर व्यवस्था सही ट्याकमा रहेको उनले बताए । उनले देशमा विधिको शासन कायम गर्न कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताए । विधिको शासनमा कोही पनि कानुनभन्दा माथि नहुने सभापति थापाले बताए ।

    ‘अहिलेको परिस्थितिमा हामीसँग दुई वटा विकल्प छन् । चिन्ता गर्ने वा चिन्तन गर्ने । चिन्ताले समस्या मात्र देखाउँछ र अरूलाई दोष दिन सिकाउँछ । तर चिन्तनले समाधान खोज्न प्रेरित गर्छ । कांग्रेसलाई अहिले चिन्तनको खाँचो छ ।’

    उनले भने, ‘प्रधानमन्त्री होस् वा कांग्रेस पार्टी सभापति राज्यले अनुसन्धान गर्छु भन्दा सबैले सहयोग गर्नुपर्छ । २०४८ सालयता सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने र दोषी देखिएकाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’

    राज्यले विधिको शासन पालना गर्दै गरेको अध्ययन अनुसन्धानको विरोधमा कुनै कांग्रेस सडकमा नआउने बताए । उनका अनुसार कांग्रेस पार्टीको सभापति (स्वयम् म) नै छानबिनको दायरामा परे भनेपनि केही कांग्रेस विरोधमा नउड्ने उनले दाबी गरे । तर, कांग्रेस लोकतन्त्र र विधिको शासन पालना राज्य पक्षबाट हुनुपर्नेमा अडिग रहेको उनको भनाइ छ।

    उनले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेकाले २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरे ।

    सभापति थापाले पार्टीको सदस्य भएर चुनावमा अर्को पार्टीलाई भोट हाल्न नपाइने बताए । उनले पार्टीलाई २००७ सालको जस्तै क्रान्तिकारी, ४६ सालको जस्तै लोकप्रिय र ७० सालको जस्तै भरोसायोग्य बनाउन इतिहासबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

    ‘आम भोटरले जसलाई पनि हाल्न सक्छ । तर पार्टीको क्रियाशील सदस्यले विधान मान्नुपर्छ । कांग्रेसको सदस्य रहने हो भने कांग्रेसकै रुख चिन्हमा मतदान गर्नुपर्छ । मत हाल्दिन भन्न पाइन्नँ,’ उनले भने ।

    सभापति थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको र सबै एकजुट भई १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताए । उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकहरूलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारीमा अघि बढ्नु पर्ने बताए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend