Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संविधान संशोधनमा काँग्रेस सक्रिय: १७ सदस्यीय समितिले सुरु गर्‍यो काम


८, वैशाख २०८३
  • 102
    SHARES
  • संविधान संशोधनमा काँग्रेस सक्रिय: १७ सदस्यीय समितिले सुरु गर्‍यो काम

    काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनका लागि औपचारिक रूपमा गृहकार्य सुरु गरेको छ।

    सुझाव संकलन र मस्यौदा तयारीका लागि गठित १७ सदस्यीय समितिको पहिलो बैठक आज बसेसँगै प्रक्रिया अघि बढाइएको हो। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको उक्त समितिको बैठकमा सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीको उपस्थिति रहेको थियो।

    बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीबारे स्पष्ट पारेका थिए। उनका अनुसार संविधान जारी भएको एक दशकभन्दा बढी भइसकेको सन्दर्भमा अभ्यासका क्रममा केही प्रावधानहरू संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।

    उनले लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर व्यापक छलफल अगाडि बढाउन सुझाव दिएका छन्। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्रारम्भमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका सम्भावित बुँदाहरूको मस्यौदा तयार गरिनेछ।

    त्यसपछि सरोकारवाला निकाय, विज्ञ तथा आम नागरिकसँग व्यापक परामर्श गरिने योजना रहेको छ। यसैबीच, सरकारले पनि संविधान संशोधनका लागि छुट्टै समिति गठन गरी काँग्रेससँग प्रतिनिधित्वका लागि आग्रह गरिरहेको छ। तर, काँग्रेसले सो समितिमा प्रतिनिधि पठाउने विषयमा हालसम्म कुनै निर्णय नगरेको कटुवालले जानकारी दिएका छन्।

    सरकारले शुक्रबारसम्म नाम पठाउन आग्रह गरेको छ भने काँग्रेसको आन्तरिक समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय भएको छ।

    काँग्रेसले गठन गरेको समितिमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्यका रूपमा रहेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend