Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन


११, वैशाख २०८३
  • 63
    SHARES
  • कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि  आज निर्वाचन हुँदैछ ।

    कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।

    दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।

    कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा आकाङ्क्षा गर्ने धेरै छन् । अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् । 

    भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।

    पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

    केसी र आङदेम्बे कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद हुन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् भएका थिए ।

    पार्टीको १४औँ महाधिवेशनमा केसी डा। शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए । आचार्य १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अहिले विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् ।   

    केसीले आफू नभए आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने अडान लिएको ती पदाधिकारीको भनाइ छ । संसदीय दलको नेतामा आङदेम्बेलाई वर्तमान उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहले समर्थन गरेका छन् ।

    उपसभापति शर्मा आङ्देम्बेतिर लागेपछि उनी निकटका सांसद निश्कल राईसहित पनि आङदेम्बेकै पक्षमा छन् । सभापति गगन थापासहित उपसभापति शर्मा बाहेकका पदाधिकारी भने केसीको पक्षमा छन् । केसी कांग्रेस सभापति थापाका ससुरा हुन् ।

    सभापति थापा केसीलाई दलको नेता बनाउँदा परिवारको आरोप लाग्छ कि भनेर पदाधिकारीहरूलाई बताइरहेका छन् । केसीले आकाङ्क्षा नराखे हुन्थ्यो भन्नेमा थापा छन् । केसीले सकभर आफू हुने, आफू हुन नसके आफूले भनेको व्यक्तिलाई दलको नेता बनाउनुपर्छ भनेपछि समस्या बल्झिएको एक पदाधिकारीले बताए ।

    थापाले आचार्यलाई उम्मेदवार बनाएमा केसी नरिसाउने र ससुरालाई नेतामा अघि सार्‍यो भन्ने आरोप पनि नलाग्ने भनेर आफू निकटका नेता तथा सांसदलाई बताइरहेको स्रोतले जनायो । तर, उपभापति शर्मा भने आङ्देम्बेको पक्षमा रहेकाले संस्थापनमै सहमति हुन सक्ने अवस्था छैन ।

    कांग्रेस महामन्त्री प्रदीप पौडेलले लामो समय सर्वसम्मत दलको नेता बनाउन प्रयास गरे पनि त्यो सफल भइनसकेको बताए । कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend