Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू


१५, वैशाख २०८३
  • 121
    SHARES
  • नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

    काठमाण्डौ - सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । 

    यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । 

    विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो । 

    तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाण्डौ उपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र आज १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । यसबाट विद्यार्थी भर्ना अन्योल भयो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि नै  भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ । सरकारको निर्णय नमानेर भर्ना गरिसकेका काठमाण्डौ उपत्यका भित्रका तथा उपत्यकाबाहिरका केही पालिकाले गएको ११ गतेदेखि नै भर्ना अभियान शुरू गरी आजदेखि नियमित पठनपाठन थाल्ने भएका छन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend