Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विपक्षी दलकाे संयुक्त बैठक : सुकुम्वासी बस्ती हटाउनेदेखि ट्रेड युनियन खारेजी गर्ने तयारीको विरोध


१७, वैशाख २०८३
  • 80
    SHARES
  • विपक्षी दलकाे संयुक्त बैठक : सुकुम्वासी बस्ती हटाउनेदेखि ट्रेड युनियन खारेजी गर्ने तयारीको विरोध

    काठमाण्डाै – सरकारलाई विपक्षी तीन दलले ९ बुँदे ध्यानाकर्षण गराएका छन् । विपक्षी दलले सुकुम्वासी तथा अव्यस्थित बस्ती हटाउनेदेखि ट्रेड युनियन खारेजी गर्ने सरकारकाे तयारीकाे विराेध गरेका हुन् ।

    एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालको अध्यक्षतामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले आज सिंहदबारमा संयुक्त बैठक गरी सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    विपक्षी दलले काठमाण्डाै उपत्यकासमेत देशका विभिन्न ठाउँमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    ट्रेड युनियनका गतिविधिमा अङ्कुश लगाउने, नियन्त्रण गर्ने र खारेज गर्ने निर्णयको विरोध गर्दै मजदुर वर्गको पेशागत हकहित र अधिकार सँगसँगै देशको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सङ्गठनहरूलाई खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend