Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै


२१, वैशाख २०८३
  • 110
    SHARES
  • मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

    काठमाडौं । सरकारले संख्या घटाएर १७ वटा मन्त्रालय बनाउने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै छ । सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीलाई ‘थप शक्तिशाली’ बनाउँदै तयार पारिएको १७ मन्त्रालयको खाका आज मन्त्रिपरिषद्‌मा पेस हुन लागेको हो । 

    “वैशाख २१ गते (आज) नै बस्ने मन्त्रिपरिषद्ले खाका पास गरेपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ,” एक मन्त्रीले भने, “निर्णयसँगै ‘नेपाल सरकार कार्यविभाजन नियमावली र नेपाल सरकार कार्यसम्पादन नियमावली’ पनि संशोधन हुनेछन् ।” 

    ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा सम्भवत मन्त्रालय गाभिने गरी तयार पारेको खाका स्वीकृत हुनेछ ।  ती मन्त्रीले बाह्रखरीसँग भने, “मन्त्रालय गाभिने गरी तयार पारेको खाका र सँगै तयार भएको ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ र ‘नेपाल सरकार कार्यसम्पादन नियमावली’ पारित भएपछि दिन तोकेरै मन्त्रालय गाभिने प्रक्रिया अघि बढ्नेछ ।” 

    यस्तो छ गाभिएपछि कायम हुने १७ मन्त्रालयको खाका 
    १. प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन/निजामती/संगठन सुधार भाग/सूचना प्रविधिको प्रविधिसम्बन्धी, डाटा सुरक्षा, एआई/संघीय मामिला र स्थानीय शासन/सम्पत्ति शुद्धीकरण विभाग

    २. अर्थ मन्त्रालय : अर्थ मन्त्रालय/विकास साझेदारी/विदेशी सहायता समन्वयको स्पष्ट जिम्मेवारी थप्ने

    ३. गृह मन्त्रालय : गृह मन्त्रालय/विपद्सम्बन्धी सबै कार्य, कार्यालयहरू समायोजन 

    ४. परराष्ट्र मन्त्रालय : परराष्ट्र मन्त्रालय/विदेशी मामिला

    ५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय/कानुन आयोगको काम सबै यसैमा राख्ने/कानुनसम्बन्धीका सबै निकाय

    ६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ (खानेपानीको पूर्वाधार, सरसफाइको खाद्य पूर्वाधार एकीकृत पूर्वाधार)/खाद्य सुरक्षाको नियमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नियमनकारी काम

    ७. शिक्षा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मात्र, र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मात्र

    ८. कृषि सहकारी तथा ग्रामीण विकास मन्त्रालय : कृषि तथा पशुपन्छी विकास मन्त्रालय/भूमि व्यवस्था मन्त्रालयको भूमि प्रशासन, भूउपयोग, जग्गा सुधार भाग/सहकारी र ग्रामिण विकासको नयाँ कम्पोनेन्ट थप गर्ने

    ९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय : महिला बालबालिका तथा जेस्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा भाग/गृहको सामाजिक सुरक्षा

    १०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/विज्ञान तथा प्रविधि/ नवप्रवर्तन

    ११. युवा, श्रम तथा रोजगार मन्त्रालय : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको युवा भाग/सीएसआर/वैदेशिक रोजगारी

    १२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय/जलको मुहान, पानी खानेपानीको वितरण, मर्मत लगायतको काम   

    १३. एकीकृत पूर्वाधार मन्त्रालय : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/सहरी विकास मन्त्रालय/खानेपापानी मन्त्रालयको पूर्वाधार क्षेत्र/सरसफाइको ढल निकास

    १४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय : वन तथा वातावरण मन्त्रालय/पर्यावरण/जलवायु 

    १५. संस्कृति, पर्यटन, तथा संस्कृति, पर्यटन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/भाषिक विविधता संरक्षण/तीर्थाटन विभाग

    १६. सञ्चार मन्त्रालय : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार/हुलाक सेवा/जनगुनासो व्यवस्थापन/क्रियटिभ इन्डस्टीरबहुभाषिक सञ्चार/फेक न्यूज नियन्त्रण तथा तथ्य–जाँच/डिजिटल सामग्री उद्योग प्रवद्र्धन/सार्वजनिक सूचना क्याम्पेन/राष्ट्रिय अभिलेख/रेकर्ड व्यवस्थापन

    १७. रक्षा मन्त्रालय : रक्षा मन्त्रालयको विस्तृत विवरण खुलाइएको छैन ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend