Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

न्यायालयमा ‘सेटिङ’को आरोप : वरिष्ठता मिच्दै प्रधानन्यायाधीश सिफारिस, विधिको शासनमाथि सिधा प्रहार :डा. डीला संग्रौला


२५, वैशाख २०८३
  • 692
    SHARES
  • न्यायालयमा ‘सेटिङ’को आरोप : वरिष्ठता मिच्दै प्रधानन्यायाधीश सिफारिस, विधिको शासनमाथि सिधा प्रहार :डा. डीला संग्रौला

    काठमाडौँ l नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डीला संग्रौलाले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति कडा आपत्ति जनाएकी छन्। संवैधानिक परिषद्ले स्थापित वरिष्ठताको परम्परा मिच्दै चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै उनले यसलाई “विधिको शासनमाथिको सिधा प्रहार”को संज्ञा दिएकी हुन्।

    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को निर्णयलाई डा. संग्रौलाले “स्वेच्छाचारिताको पराकाष्ठा” भन्दै न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक मर्यादामाथि गम्भीर आघात पुगेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले न्यायालयलाई राजनीतिक प्रभावमा राख्ने तथा ‘सेटिङ’मार्फत सञ्चालन गर्ने प्रयास लोकतान्त्रिक मूल्य र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको उल्लेख गरिन्।

    “प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको स्थापित परम्परा तोडिनु केवल व्यक्तिको प्रश्न होइन, यो समग्र न्याय प्रणालीको विश्वसनीयतामाथिको प्रहार हो,” डा. संग्रौलाको भनाइ छ। उनले कार्यपालिकाबाट न्यायपालिकामाथि हस्तक्षेप हुन थाले न्यायालयको निष्पक्षता, स्वतन्त्रता र गरिमा कमजोर हुने चेतावनी समेत दिइन्।

    डा. संग्रौलाले नेपाली कांग्रेसले न्यायपालिकाको स्वायत्तता र संवैधानिक मूल्यको संरक्षणका पक्षमा दृढतापूर्वक आवाज उठाइरहने बताएकी छन्। उनले वरिष्ठता, पारदर्शिता र संवैधानिक अभ्यासलाई बेवास्ता गर्दै गरिएका निर्णयहरू असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाउँदै यस्ता कदमविरुद्ध पार्टी डटेर उभिने स्पष्ट पारेकी छन्।

    प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा व्यापक बहस सुरु भएको छ। संवैधानिक परिषद्को निर्णयले न्यायपालिकाको निष्पक्षता र नियुक्ति प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै विभिन्न क्षेत्रबाट प्रतिक्रिया आउने क्रम जारी छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend