Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लोकतन्त्रमाथि हस्तक्षेप भए कांग्रेस ‘सतिसाल’ बन्छ : सभापति गगन थापा


२६, वैशाख २०८३
  • 121
    SHARES
  • लोकतन्त्रमाथि हस्तक्षेप भए कांग्रेस ‘सतिसाल’ बन्छ : सभापति गगन थापा

    धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, संविधान र जनअधिकारमाथि कुनै पनि प्रकारको नियन्त्रण वा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन्।

    शनिबार धनगढीमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले शक्ति, सत्ता र संख्याको दम्भमा लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने प्रयास भए नेपाली कांग्रेस “सतिसाल” झैं अडिग भएर उभिने घोषणा गरे।

    सभापति थापाले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको बताए। उनले प्रदेश सरकारहरू प्रभावकारी, उत्तरदायी र जनमुखी ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिँदै पार्टीले सरकारको कामकारबाहीमाथि निरन्तर निगरानी राख्ने स्पष्ट पारे। साथै उनले तत्काल कांग्रेस–एमाले सहकार्य टुट्ने सम्भावना नरहेको उल्लेख गर्दै वैकल्पिक समीकरणको हल्लाबाट भ्रमित नहुन कार्यकर्तालाई आग्रह गरे।

    पार्टी एकता, अनुशासन र संगठनात्मक निष्ठामाथि विशेष जोड दिएका थापाले नेपाली कांग्रेसको आधिकारिक सदस्य भएर चुनावमा पार्टीको चुनाव चिह्नबाहेक अन्यत्र मतदान गर्नु राजनीतिक र नैतिक दुवै हिसाबले अस्वीकार्य हुने बताए। “उम्मेदवार मन परेन भन्दै रूखबाहेक अन्य चिन्हमा मतदान गर्नु कांग्रेसको मूल मूल्यविरुद्धको कार्य हो,” उनले स्पष्ट शब्दमा भने।

    उनले २१ फागुनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने जिम्मेवार नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने जानकारी पनि दिए। थापाले पार्टीभित्र अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप कडाइका साथ लागू गरिने संकेत गरे।

    सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक योगदानको सम्मान गर्दै आफूहरू देउवाप्रति सदैव सम्मान र शुभेच्छा राख्ने बताए। उनले कांग्रेसभित्र पुस्तान्तरणसँगै अनुभव र ऊर्जाको समन्वय आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई नयाँ गति र स्पष्ट दिशातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend