Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘जरा अभियान’मा डा. डिला संग्रौलाको उपस्थिति: आफ्नै वडामा पुगेर क्रियाशील सदस्यता अद्यावधिक


२७, वैशाख २०८३
  • 579
    SHARES
  • ‘जरा अभियान’मा डा. डिला संग्रौलाको उपस्थिति: आफ्नै वडामा पुगेर क्रियाशील सदस्यता अद्यावधिक

    काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरिरहेको संगठन सुदृढीकरण अभियान ‘जरा अभियान’ अन्तर्गत पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौला आफ्नै वडामा पुगेर क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी हुनुभएको छ । केन्द्रीय तहको नेतृत्वमा रहेर पनि वडा तहसम्म प्रत्यक्ष पुगेर संगठनसँग जोडिने उहाँको सक्रियतालाई कांग्रेसभित्र सकारात्मक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ ।

    नेपाली कांग्रेसमा क्रियाशील सदस्यता केवल औपचारिक प्रक्रिया होइन, यो पार्टीप्रतिको निष्ठा, निरन्तर सक्रियता र वैचारिक प्रतिबद्धताको आधार मानिन्छ । यही महत्वलाई व्यवहारमै उतार्दै डा. संग्रौलाले आफ्नै वडा तहमा पुगेर सदस्यता अद्यावधिक गर्नुले नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको कांग्रेसजनको भनाइ छ ।

    मोरङको विराटनगरबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी डा. संग्रौला अहिले कांग्रेसभित्र वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रभावशाली नेतृत्वका लागि परिचित हुनुहुन्छ । नेपाल महिला संघको सफल नेतृत्वदेखि पार्टीको सहमहामन्त्रीसम्मको यात्रामा उहाँले महिला सहभागिता, संगठन विस्तार र पार्टीभित्र अनुशासित तथा विचारमुखी राजनीति स्थापित गर्न निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएको छ । विशेषगरी पछिल्लो समय उहाँले उठाउँदै आउनुभएको “कांग्रेस आफ्नै बलमा चुनाव लड्नुपर्छ” भन्ने धारणा पार्टीभित्र गम्भीर बहसको विषय बनेको छ ।

    गठबन्धनको राजनीतिले कांग्रेसको मौलिक शक्ति कमजोर बनाएको उल्लेख गर्दै उहाँले पार्टीलाई आफ्नै विचार, संगठन र क्रियाशील सदस्यहरूको बलमा अघि बढाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ । उहाँको यस दृष्टिकोणले विशेषगरी युवा तथा तल्लो तहका कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको बताइन्छ।

    11.jpg

    डा. संग्रौलाको सक्रियता केवल वैचारिक बहसमा सीमित छैन । संसदमा महिला अधिकार, श्रमिकका सवाल, सुरक्षित वैदेशिक रोजगार तथा सामाजिक न्यायका विषयमा उहाँले निरन्तर सशक्त आवाज उठाउँदै आउनुभएको छ । ‘छाया सरकार’ मा श्रम मन्त्रीको जिम्मेवारी सम्हाल्दा उहाँले श्रमिकका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुभएको थियो ।

    त्यस्तै, मधेस यात्रा लगायत विभिन्न संगठन सुदृढीकरण अभियानमार्फत उहाँले कार्यकर्तासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिँदै आउनुभएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार ‘जरा अभियान’ अन्तर्गत आफ्नै वडामा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गर्नु डा. डिला संग्रौलाको केवल औपचारिक सहभागिता मात्र होइन, यो संगठनप्रतिको उत्तरदायित्व, कार्यकर्ताप्रतिको सम्मान र कांग्रेसको आधारभूत संरचनालाई बलियो बनाउने स्पष्ट सन्देश पनि हो ।

    बौद्धिक क्षमता, संगठनात्मक सक्रियता र जनस्तरसँगको निकट सम्बन्धका कारण आगामी दिनमा नेपाली कांग्रेसको नीति निर्माण र नेतृत्व तहमा उहाँको भूमिका अझ प्रभावकारी र निर्णायक बन्ने अपेक्षा गरिएको छ ।

    e9b8df87-66e6-441d-bdf8-98172135e349.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend