Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने


२७, वैशाख २०८३
  • 85
    SHARES
  • भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्वासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो ।

    भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता जनाउनुभयाे । खोलाको छेउमा अव्यवस्थित रूपमा, असुरक्षित ढङ्गले बसेका र हाकाहाकी गैरकानूनी रूपमा हडपिएको अवस्थामा कदम चलेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ ।

    सुकुम्वासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको बताउनुभयो । देश पहिले ट्र्याक बाहिर रहेकोले रास्वपा सरकारले ट्र्याकमा ल्याउने कोशिश गरिरहेको उहाँको जिकिर छ ।

    सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै सभापति लामिछानेले विकास निर्माणलाई द्रूतगतिमा अगाडि बढाउन र आवश्यक नीति, नियमका लागि अध्यादेश ल्याउनु परेको स्पष्टीकरण दिनुभयो । उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभयो ।

    यस्तै प्रधानन्यायधीश सिफारिशबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताउनुभयो ।

    संवैधानिक परिषदमा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो ? भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend