Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा 'साँढेको रजाइँ': सर्वसाधारणलाई सास्ती, सडक बन्यो जोखिमपूर्ण


२९, वैशाख २०८३
  • 208
    SHARES
  • बुटवलमा 'साँढेको रजाइँ': सर्वसाधारणलाई सास्ती, सडक बन्यो जोखिमपूर्ण

    बुटवल । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा प्रवेशद्वारका रूपमा परिचित बुटवलमा छाडा चौपायाको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । विशेषगरी मुख्य राजमार्ग, बजार क्षेत्र र फुटपाथमा ठूला साँढेहरू निर्धक्क रूपमा हिँडडुल गर्न थालेपछि पैदलयात्री, व्यवसायी तथा सवारी चालकहरू त्रसित बनेका छन् । व्यस्त सडकमा सवारी चापसँगै यस्ता छाडा पशुको उपस्थिति बढ्दा दुर्घटनाको जोखिमसमेत उच्च बनेको छ ।


    बुटवलको मुख्य सडक र फुटपाथमा विशाल सिङ भएका साँढेहरू आरामसँग बस्ने र हिँड्ने दृश्य अहिले सामान्यजस्तै बनेको छ । फुटपाथ अवरुद्ध हुँदा सर्वसाधारण सडकबाटै हिँड्न बाध्य छन्, जसले गर्दा दुर्घटनाको सम्भावना झन् बढाएको छ । स्थानीयका अनुसार बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू यस्ता चौपायाबाट सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । रातिको समयमा सडकबीचमै चौपाया बस्ने गरेका कारण मोटरसाइकल तथा अन्य सवारी साधन दुर्घटनामा पर्ने घटना पनि बढ्दै गएको छ । 


    स्थानीय व्यवसायीहरूका अनुसार नगरपालिकाले पटक–पटक व्यवस्थापनको आश्वासन दिए पनि समस्या समाधान हुन सकेको छैन । “सडकमा हिँड्दा कतिबेला साँढेले आक्रमण गर्छ भन्ने डर भइरहन्छ,” एक व्यवसायीले गुनासो गरे । “मुख्य बजारमै यस्तो अवस्था हुँदा नागरिक असुरक्षित महसुस गरिरहेका छन्,” उनले भने ।


    बुटवल उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कान्जीहाउस सञ्चालन र विभिन्न अभियान चलाए पनि प्रभावकारी नतिजा देखिन सकेको छैन । छिमेकी स्थानीय तहबाट रातारात पशु ल्याएर सडकमा छाड्ने प्रवृत्तिले समस्या थप जटिल बनेको स्थानीयको आरोप छ । “क्लिन र ग्रिन सिटी” को नारा बोकेको बुटवलमा सडक र फुटपाथमै साँढेको बिगबिगी देखिनु सहर व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ ।


    सर्वसाधारणको सुरक्षा, सडक अनुशासन र सहरको सौन्दर्य जोगाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend