Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विपक्षीहरूकाे निरन्तर अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित


३०, वैशाख २०८३
  • 87
    SHARES
  • विपक्षीहरूकाे निरन्तर अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ ।

    लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

    सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

    प्रतिनिधिसभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो । तर संसद् बैठक शुरू हुँदासम्म मन्त्रिपरिषद् बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा जानुभएन ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो ।

    त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरे ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend