Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने


३०, वैशाख २०८३
  • 94
    SHARES
  • सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने

    काठमाडौँ । विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् ।

    बुधबार तेस्रो पटक पनि प्रतिनिधिसभा बैठक सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् । 

    तर, अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको प्रस्टीकरण दिइसकेका छन् ।

    बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रुलिङको माग गरेपछि उनले यस्तो बताएका हुन् । 

    ‘हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ । हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ’, सभामुख अर्यालको भनाइ छ ।

    त्यसक्रममा उनले प्रधानमन्त्रीसँग छलफल गर्ने र भोलिको बैठकबारे जानकारी गराउने बताएका थिए । बैठक अवरोधपछि दलहरूसँगको परामर्शमा पनि सभामुखले सोही कुराको जानकारी गराएका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend