Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा


३१, वैशाख २०८३
  • 98
    SHARES
  • सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकडमाथि आपत्ति जनाएका छन् । बिहीबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले व्यवसायीमाथि गरेको धरपकड तुरुन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

    ‘कानुनबमोजिम गलत गर्नेले दण्ड पाउनुपर्छ भन्नेमा कांग्रेस आफ्नै पार्टीको मान्छे भए पनि विरोधमा उत्रिँदैन । तर राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने यसको ठूलो मूल्य देशले चुकाउनुपर्छ,’ उनले भने ।

    जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दापनि सरकारले विवेक, करुणा र कानुन देखाउनुपर्ने उनको भनाइ छ ।

    थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औँल्याए । उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाए ।

    ‘हामी कतै नेतृत्वमा छौँ कतै समर्थनमा छौँ यो सरकारको कामको हामीले वर्षभरी प्रचार गर्न पाउनुपर्छ । सरकारको कामले गर्दा एक जना पनि कार्यकर्ताको शिर निहुरिन हुँदैन,’ उनले भने ।

    कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेशस्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend