Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु


३, जेठ २०८३
  • 120
    SHARES
  • गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर आफू जे पनि गर्न तयार रहेको बताएका छन् ।

    प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताए । 

    उनले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए । 

    उनले आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको भनेका समेत बताए । सभापति थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । 

    कांग्रेसले नागरिकको अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने भन्दै नागरिकको आत्मसम्मानको विषयमा पार्टी ठिक स्थानमा उभिने स्पष्ट पारे । 

    सभापति थापाले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिबारे कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै सरकारले सुशासन स्थापनाका लागि गर्ने काममा कांग्रेसको साथ रहने बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend