काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई आइतबार मनोनयन गरेका हुन् । पार्टीको विधान २०७७ (संशोधन सहित) धारा ३८ को उपधारा १ बमोजिम यो मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् । पार्टीले उनीहरूलाई विषयविज्ञका रूपमा समितिमा नियुक्त गरेको हो ।