Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै


१७, साउन २०८०
  • 170
    SHARES
  • दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै

    दाङ । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् ।

    तथ्याङ्कले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने सङ्ख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ । 

    जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१।९, व्यापारमा ५०।५, यातायातमा २।९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३।८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा तीन हजार सात सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । 

    जसमा घरेलुतर्फ १४।८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७।५, सेवा क्षेत्रमा ९।५ र अन्य क्षेत्रमा १४।२ प्रतिशत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका तीन हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४।९, व्यापारमा ५५।१, यातायात क्षेत्रमा ८।७, सेवा क्षेत्रमा १०।४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् । 

    त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४।८, व्यापारमा ४२।४, यातायातमा ११।२, सेवामा ६।४, अन्य क्षेत्रमा २५।२ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा चार सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दङ्गीशरण गाउँपालिकामा पाँच सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

    यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्याङ्कले देखाएको छ । जसमा घरेलुतर्फ १८।७, व्यापारमा ५६।७, यातायातमा ९।४, सेवा क्षेत्रमा ९।२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार तीन सय १८ परिवार रहेका छन् । 

    जसमा घरेलु उद्योगमा २४।५, व्यापारमा ४८।३, यातायातमा ७।७, सेवामा ८।२, अन्य क्षेत्रमा ११।४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या एक हजार चार परिवार छन् ।

    त्यसमध्ये घरेलुमा २८।४, व्यापारमा ४७।२, यातायातमा १०।९, सेवा क्षेत्रमा ५।८ र अन्य क्षेत्रमा ७।८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२।८, व्यापारमा ४९।२, यातायातमा ८।४, सेवामा १५ र अन्य क्षेत्रमा १४।६ प्रतिशत रहेको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend