Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खेलराजको पहलमा वर्षौंदेखि जीर्ण बुटवल-सिरानगाउँ सडक निर्माणले लियो गति


५, जेठ २०८३
  • 129
    SHARES
  • खेलराजको पहलमा वर्षौंदेखि जीर्ण बुटवल-सिरानगाउँ सडक निर्माणले लियो गति

    बुटवल । लामो समयदेखि स्थानीयवासीको प्रमुख समस्याका रूपमा रहेको बुटवल (मजुवा)-सिरानगाउँ (मजुवा) मुख्य सडक निर्माण कार्यले अन्ततः गति लिएको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडक सुधारका लागि विभिन्न तहमा पहल भए पनि अपेक्षित प्रगति हुन नसकेको अवस्थामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको सक्रिय पहलपछि निर्माण प्रक्रिया औपचारिक रूपमा शुरू भएको हो ।

    चार वर्षअघि Asian Development Bank (ADB) मार्फत सडकको मापन तथा प्रारम्भिक परीक्षण सम्पन्न भए पनि निर्माण कार्य अघि बढ्न नसकेपछि उपमहानगरपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गर्दै ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ । चालु आर्थिक वर्षका लागि रु. २ करोड बजेट विनियोजन गरिएको छ भने आगामी आर्थिक वर्षमा थप रु. २ करोड बजेट छुट्याउने तयारीसमेत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    आजदेखि औपचारिक रूपमा निर्माण कार्य शुरू भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बन्ने सडकका कारण दैनिक आवत-जावत, कृषि उपज ढुवानी तथा आपतकालीन सेवासमेत प्रभावित हुँदै आएको थियो । स्थानीयले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए ।

    उपमहानगर प्रमुख खेलराज पाण्डेले जनआवश्यकतालाई केन्द्रमा राख्दै सडक निर्माणलाई प्राथमिकतामा दिइएको बताए । “ADB बाट अपेक्षित रूपमा काम अघि बढ्न नसकेपछि उपमहानगरपालिकाले नागरिकको समस्या बुझेर तत्काल पहल गरेको हो,” उनले भने । उनका अनुसार असार १५ गतेभित्र पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने बाँकी निर्माण कार्य आगामी असोजसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाइएको छ ।

    पाण्डेले निर्माण कार्यको गुणस्तर, पारदर्शिता र समयसीमामा विशेष ध्यान दिन स्थानीयवासी तथा सरोकारवालालाई नियमित अनुगमन गर्न आग्रहसमेत गरेका छन् । “यो सडक केवल यातायातको माध्यम मात्र होइन, यस क्षेत्रको आर्थिक, सामाजिक तथा कृषि विकाससँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण योजना हो,” उनले बताए ।

    सडक निर्माण शुरू भएसँगै स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् । सडक स्तरोन्नतिपछि कृषि उत्पादन बजारसम्म सहज रूपमा पुर्‍याउन सकिने, यातायात खर्च घट्ने तथा शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीहरूले निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने, बजेटको पारदर्शी उपयोग हुनुपर्ने तथा गुणस्तरमा कुनै सम्झौता नगर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि अलपत्र बनेको योजना अब वास्तविक रूपमा कार्यान्वयन चरणमा प्रवेश गरेको भन्दै उनीहरूले उपमहानगरपालिका र प्रमुख खेलराज पाण्डेको पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend