Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने


१०, जेठ २०८३
  • 104
    SHARES
  • प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

    काठमाण्डाै – विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।

    संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँकाे भनाइ छ ।

    सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।

    प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।

    विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नुभएको छैन । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार बस्दैछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend