Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध


११, जेठ २०८३
  • 66
    SHARES
  • हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

    काठमाण्डौ — गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो ।

    आमनागरिकको जिउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ ।

    टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँगसमेत पटकपटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

    केही दिनअघि बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend