रुकुम पुर्व । बालिका जबरजस्ती करणीको आरोपमा रुकुम पूर्वमा एक युवा पक्राउ परेका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ तल्लो गरका जिवन गिरी पक्राउ परेका हुन् । उनले २०७८ भदौ २२ गते १३ बर्षिय बालिकाकालाई जबरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
गिरीलाई प्रहरीले गत असार २४ गते कास्की पोखरा फुलबारी स्थित डेरा लिई लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी थप अनुसन्धान पश्चात रुकुमकोट जिल्ला अदालतमा पेश गरीएको थियो ।
अदालतले गिरीलाई उक्त मुद्दामा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । आदेश पश्चात गिरीलाई कारागार कार्यालय रुकुम पश्चिम पठाईएको प्रहरीले जनाएको छ ।