Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुजरातमाथि आरसिबीको ९२ रनको विशाल जित, लगातार दोस्रो पटक आईपीएलको फाइनलमा


१३, जेठ २०८३
  • 63
    SHARES
  • गुजरातमाथि आरसिबीको ९२ रनको विशाल जित, लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

    काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न रोमाञ्चक क्वालिफायर–१ खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै आरसिबीले लगातार दोस्रो पटक फाइनलको टिकट काटेको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले कप्तान रजत पाटीदारको विष्फोटक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको पहाडी योगफल खडा गरेको थियो। २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा मात्र १६२ रनमा समेटिएपछि आरसिबीको जित सहज बन्यो।

    पराजित भए पनि गुजरातको फाइनल यात्रा पूर्ण रूपमा समाप्त भएको छैन। आज (बुधबार) हुने सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर खेलको विजेतासँग गुजरातले शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ। त्यहाँ विजयी भएमा गुजरातले उपाधिका लागि पुनः आरसिबीसँगै भिड्ने अवसर पाउनेछ।

    आरसिबीको आक्रामक सुरुआत र पाटीदारको विष्फोट

    पहिले ब्याटिङको निम्तो पाएको आरसिबीका लागि प्रारम्भिक ब्याटर भेङ्कटेश अय्यर र विराट कोहलीले आक्रामक सुरुआत दिलाए। अय्यर १९ रनमा आउट भए पनि कोहली र देवदत्त पडिक्कलले इनिङ्सलाई अगाडि बढाए। आरसिबीले पावरप्लेमा मात्र १ विकेट गुमाएर ७६ रन जोड्यो, जुन आईपीएल प्लेअफ इतिहासकै चौथो उच्च स्कोर हो।

    कागिसो रबाडाको बाउन्सिङ स्पेललाई सामना गर्दै कोहलीले ४३ र पडिक्कलले ३० रनको योगदान दिए। मध्य ओभरमा राशिद खानले कसिलो बलिङ गरे भने जेसन होल्डरले लगातार दुई बलमा कोहली र पडिक्कललाई आउट गर्दै गुजरातलाई खेलमा फर्काउने कोसिस गरे।

    खेलको टर्निङ प्वाइन्ट: १४औँ ओभरमा प्रसिद्ध कृष्णाको बलमा रजत पाटीदारले दुई पटक जीवनदान पाए। त्यसपछि उनले खेलको रुप नै बदलिदिए। कुलवन्त खेजरोलियाको एकै ओभरमा खराब फिल्डिङ, दुई नो–बल र एक वाइडसहित आरसिबीले २८ रन बटुल्यो।

    जीवनदानको भरपूर फाइदा उठाउँदै कप्तान पाटीदारले राशिद खानसहित गुजरातका सबै बलरमाथि निर्मम प्रहार गरे। उनले चौथो विकेटका लागि क्रुणाल पाण्ड्यासँग ९५ रनको बलियो साझेदारी गरे। पाण्ड्याले २८ बलमा ४३ रन बनाए। अन्तिमतिर जितेश शर्माले ५ बलमा अविजित १५ रन जोडेपछि आरसिबीले अन्तिम ६ ओभरमा मात्र ११४ रन लुटेको थियो।

    गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले २–२ तथा प्रसिद्ध कृष्णाले १ विकेट लिए।

    पावरप्लेमै ढल्यो गुजरात, तेवतियाको अर्धशतक सान्त्वना मात्रै

    विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सको सुरुआत अत्यन्तै निराशाजनक रह्यो। आरसिबीको धारिलो बलिङसामु गुजरातले पावरप्लेभित्रै आफ्ना शीर्ष ५ ब्याटर गुमाइसकेको थियो।

    ओपनर साई सुदर्शन (१४ रन) ज्याकप डफीको बलमा अनौठो तरिकाले 'हिट विकेट' हुन पुगे। लगत्तै भुवनेश्वर कुमारले कप्तान शुभमन गिललाई मात्र २ रनमा बोल्ड गरे। जोस हेजलवुडले आक्रामक देखिएका जोस बटलर (२९ रन) लाई पभेलियनको बाटो देखाए भने रासिख सलाम डारले निशान्त सिद्धु र जेसन होल्डरलाई लगातार बलमा आउट गरेपछि गुजरात संकटमा फस्यो।

    गुजरातका ८ ब्याटरले दोहोरो अंक समेत छुन सकेनन्। केवल सुदर्शन, बटलर र राहुल तेवतियाले मात्र दोहोरो अंक बनाए। आठ विकेट झरिसकेपछि इम्प्याक्ट प्लेयरका रूपमा आएका राहुल तेवतियाले मोहम्मद सिराजसँग नवौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै टिमको लाज बचाए। तेवतियाले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकीय इनिङ्स खेले।

    आरसिबीका लागि ज्याकब डफीले सर्वाधिक ३ विकेट लिए। यस्तै भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले २–२ विकेट तथा जोस हेजलवुडले १ विकेट बाँडे।

    पाँचौँ पटक फाइनलमा आरसिबी

    यो जितसँगै आरसिबी इतिहासमा पाँचौँ पटक आईपीएलको फाइनलमा पुग्न सफल भएको छ। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक ट्रफी जितेको आरसिबी यसपटक आफ्नो उपाधि रक्षा गर्नबाट अब मात्र एक कदम टाढा छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend