Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस


१४, जेठ २०८३
  • 111
    SHARES
  • सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    काठमाण्डौ - राष्ट्रिय मानवअधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

    सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो । रास्वपा सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ । कारागारबाट यसरी बाहिरिनु कारागार ऐन, २०७९ को दफा ४९ अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ ।

    लामिछाने जेलबाट बाहिरिएकै घटनामा रास्वपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शङ्काको घेरामा राखेको छ । आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ । प्रतिवेदनमा भदौ २३ गतेको आन्दोलन क्रममा सुधन गुरुङले नेतृत्व लिएपछि हुलदङ्गा भएको निष्कर्ष निकाल्दै गुरुङमाथि थप अनुसन्धान गर्न भनिएको छ ।

    आयोगले सूक्ष्म अनुसन्धानको सिफारिस गरेका अन्य रास्वपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की लगायत छन् । त्यस्तै, सांसदहरू राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला सङ्ग्रौला, पुरुषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ ।

    उनीहरूले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले सङ्कलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले औँल्याएको छ ।

    रास्वपाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिस गरिनु सही नभएको बताएका छन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend