Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारलाई कांग्रेसको ६ बुँदे ध्यानाकर्षण


१४, जेठ २०८३
  • 102
    SHARES
  • मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारलाई कांग्रेसको ६ बुँदे ध्यानाकर्षण

    काठमाण्डाै – नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणासमेत माग गरेको हो ।

    यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ ।

    कांग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान शुरू गर्नुपर्ने पनि बताएको छ । कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ ।

    तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेको छ ।

    त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कारबाही हुनुपर्ने कांग्रेसको धारणा छ ।

    राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो ।

    कांग्रेसले हिंसात्मक घटनामा संलग्नमाथि निष्पक्ष कारबाही अघि बढाउन, मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसमक्ष माग गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend