Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)


१५, जेठ २०८३
  • 132
    SHARES
  • यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ।

    सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ।

    बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्दै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

    यससँगै कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने भएको छ।

    सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब विनियोजन गर्दै सरकारले दलित बालबालिकालाई पोषण भत्ता दिएको छ। यस्तै, महिलाहरूको सहजताका लागि ुब्लु बसु सञ्चालन गर्ने र नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा समेत गरिएको छ।
    पूर्वाधार विकासतर्फ काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ भने विद्युतीय सवारी साधनमा अब क्षमताको आधारमा नभई मूल्यका आधारमा भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ।

     शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब र स्वास्थ्यमा नेपाल औषधी लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ। प्रशासनिक सुधारका लागि १८ मन्त्रालयको अवधारणालाई कडाइका साथ लागू गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावासहरू खारेज गर्ने  निर्णय समेत बजेटले लिएको छ।

    खेलकुदको विकासका लागि ५ वर्षभित्र ५ वटा क्रिकेट रङ्गशाला निर्माण गर्ने र रेमिट्यान्स पठाउनेहरूका लागि चिठ्ठा कार्यक्रम सञ्चालन गर्ने जस्ता नवीन कार्यक्रमहरूले यस पटकको बजेटलाई विशेष बनाएको छ।
    बजेट पूर्णपाठ :

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend