Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्यो, पितृसत्तात्मक सोच र कुप्रथा अझै चुनौती : प्रधानमन्त्री


१६, जेठ २०८३
  • 84
    SHARES
  • राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्यो, पितृसत्तात्मक सोच र कुप्रथा अझै चुनौती : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीका साथै महिला हक र अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

    ‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ २०८३ जेठ १६ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

    दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्दै समानुपातिक, समावेशी तथा समतामूलक समाज निर्माण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्पष्ट पार्दै उनले राज्यका सबै निकाय तथा संरचनामा महिलाको समानुपातिक र समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्रत्याभूत गरेको बताएका छन् । 

    राज्यले महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक सशक्तीकरणलाई आफ्नो नीतिगत प्राथमिकताका रूपमा अङ्गीकार गरेको सन्देशमा उल्लेख छ । राज्यद्वारा अवलम्बन गरिएको समावेशी नीति तथा कार्यक्रमहरूको सकारात्मक परिणाम देखिन थालेको प्रधानमन्त्रीको भनाइ छ । 

    यसकै फलस्वरूप राज्यका विभिन्न अङ्ग, क्षेत्र तथा निकायहरूमा महिलाको प्रतिनिधित्व र सहभागितामा उल्लेखनीय वृद्धि भएको उनले बताएका छन् । यसका साथै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा लैङ्गिक विकास सूचकाङ्कमा समेत क्रमिक सुधार देखिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

    सुधारका प्रयासहरू भइरहे पनि महिला सशक्तीकरण र न्यायपूर्ण समाज निर्माणमा अझै कयौँ चुनौतीहरू बाँकी रहेको प्रधानमन्त्रीले औंल्याएका छन् । सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनले समाजमा बाधकका रूपमा रहेका पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाहरू अझै कायमै रहेको बताएका छन् । 

    यसका साथै लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ । यी समस्याहरू समाधान गर्न कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि र लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक देखिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    समतामूलक समाज निर्माणका लागि सरकारले महिलाको सर्वाङ्गीण उत्थान तथा सशक्तीकरणमा विशेष ध्यान दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । सरकारले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्ने नीति अवलम्बन गर्ने स्पष्ट पारेका छन् । 

    आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत प्रतिस्पर्धात्मक क्षमता विकास गर्न, महिलामैत्री व्यवहार र संस्कृतिको निर्माण गर्न एकजुट भएर लाग्न प्रधानमन्त्री शाहले सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् ।

    707962215_2147602299116516_7568105308026594535_n

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend