Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री


१७, जेठ २०८३
  • 104
    SHARES
  • सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री

    काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबुल टकमार्फत समाधान हुने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाइसकिएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो । उहाँले दुवै सरकारका इतिहासविद्, सर्वेक्षक तथा भूमिसम्बन्धी विज्ञहरू राखेर टेबुल टकमार्फत यो विवाद समाधान गरिने बताउनुभयो ।

    प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले लिपुलेक र लिम्पियाधुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिनुभएको हो ।

    प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend